1 2 3 4

मकवानपुर, असार २९ ।लुटेराहरुको समूहले मकवानपुरको भैंसेस्थित एक घरमा लुटपाटपछि परिवारका दुई जनाको हत्या गरेको छ । बिहीबार राती भैंसे ३ कालिकाटारका ५० वर्षकी गंगामाया थापा र २५ वर्षकी छोरी लक्ष्मी थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ज्ञानबहादुर नजिकै रहेको घरमा गएको मौका पारेर लुटेराले आमा छोरीको विभत्स तरिकाले हत्या गरेका हुन् । सामान्य पसल सञ्चालन गरेर जीविको पार्जन गरेको थापा परिवारका दुई जनाको हत्या भएपछि स्थानीय त्रसित बनेका छन् ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको र अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।Watch Video

0 comments

Post of June 2013

Post of May 2013

Help us to Improve Blog